Author: सुनौलो आवाज
नेकपा एमालेका संसाद् एवम् सहकारी रकम अपचलन छानबिन सम्बन्धी समितिका पूर्वसभापति सूर्य थापाले विदेशमा रहेका रविका समर्थकहरूलाई भेज ग्रुप अर्थात भेडा जमातको संज्ञा दिएका छन् । टिभी टुडे टेलिभिजनको अन्तरवार्ता कार्यक्रम चक्रव्यूहमा बोल्दै उनले आफूले अन्यत्र अन्तरवार्तामा बोलेको विषय र सहकारी छानबिन समितिको प्रतिवेदन सो जमातले तोडमोड गरेको उनको आरोप छ । ‘यो कार्यक्रम मार्फत […]
दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई सचेत गराएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुका बारेमा मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न आग्रह गरेको छ । यस्तै, महानगरले अंकित अधिकतम मूल्यभन्दा […]
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशका तराई […]
काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो । निमित्त प्रहरी […]
नेपालगंज बाँके – मिडिया क्षेत्रलाई सशक्त बनाउन र जनताको आवाजलाई उजागर गर्ने उद्देश्यले **सुनौलो आवाज मिडिया**ले औपचारिक रूपमा आफ्नो यात्रा प्रारम्भ गरेको छ। यस मिडियाले समसामयिक घटनाहरूको निष्पक्ष रिपोर्टिङ र नागरिकका समस्याहरूलाई प्रभावकारी ढङ्गले उठान गर्न प्रतिबद्धता जनाएको छ। कार्यकारी निर्देशक सूर्य प्रसाद रिजालले **सुनौलो आवाज मिडिया**को शुभारम्भको अवसरमा आफ्नो विचार व्यक्त गर्दै भने, […]




