Author: सुनौलो आवाज
दैलेख। दुल्लु नगरपालिका–४ कृष्णकोटमा रहेको श्री सरस्वती माध्यमिक विद्यालय को भौतिक अवस्था र व्यवस्थापनप्रति स्थानीय अभिभावक तथा सरोकारवालाले गम्भीर प्रश्न उठाएका छन्। विद्यालयको भवन, कक्षाकोठा र वरपरको वातावरणले सरकारी लगानी र गुणस्तरीय शिक्षाको दाबीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। तस्बिरमा देखिएको जर्जर संरचना, असुरक्षित पर्खाल तथा मर्मत अभावले विद्यार्थीको सुरक्षामाथि प्रत्यक्ष जोखिम रहेको अभिभावकहरूको भनाइ […]
नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सिमा नाका पूर्ण रूपमा बन्द गरिएको छ। सुरक्षा निकायको बाक्लो उपस्थितिसँगै मुख्य प्रवेशद्वारमा तालाबन्दी र कडाइका कारण सर्वसाधारण आवतजावत ठप्प बनेको छ। तस्बिरमा देखिएझैँ, सिमा नाकाको गेट अगाडि शसस्त्र र नेपाल प्रहरीका टोलीहरू तैनाथ छन्। सडकमा ब्यारिकेट राखेर सवारीसाधन रोकिएका छन् भने पैदल यात्रुहरू पनि अलमलमा परेका छन्। […]
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। Commission for the Investigation of Abuse of Authority (अख्तियार) ले हाल कैलालीको इलाका प्रहरी कार्यालय मालारानीमा कार्यरत इन्सपेक्टर पुष्करराज पन्तविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। पन्त बाँकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा नक्कली लाइसेन्स प्रकरणमा […]
भाषण होइन, परिणाम चाहियो — बाँके–१ मा दिपक बुढाथोकीप्रति जनलहर बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट गुलाफ चुनाव चिह्न लिएर दिपक बुढाथोकी उम्मेदवार बनेका छन्। उनी यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका एक मात्र जेने–जी (Gen-Z) युवा उम्मेदवार हुन्। लामो समयदेखि पुराना र परम्परागत नेताहरूलाई अवसर दिँदै […]
काठमाडौं । सूचना संकलनका लागि परिचालन गरिएका सादा पोशाकका घुमुवाका कारण नेपाल प्रहरी बदनाम हुने गरेको छ । नेपालसँग सीमा जोडिएका तराईका जिल्लामा सूचना संकलनका लागि भन्दा पनि अतिरिक्त कमाइका लागि जिल्लादेखि इलाका र चौकीका इन्चार्जले सादा पोशाकका प्रहरी परिचालन गर्ने गरेको पाइन्छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर परिसर र बृत्तका इन्चार्जहरुले पनि […]
बाँके । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता दिपक बुढाथोकी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ऊर्जाशील, शिक्षित र परिणाममुखी नेतृत्वको पहिचान बनाउँदै आएका बुढाथोकीलाई आजको पुस्ताले खोजिरहेको वैकल्पिक राजनीतिक नेतृत्वका रूपमा हेरिन थालिएको छ। लामो समयदेखि सामाजिक न्याय, […]
दाङ तुलसीपुर ६ निवासी २८ वर्षीय निरज चौधरीको हत्याको मुख्य अभियुक्त महावीर चौधरी फरार रहेका छन् । ५१ वर्षीय महाविर पनि तुलसीपुर ६ निवासी नै हुन्। चौधरीको आइतबार बिहान ११ बजे राजापुर नगरपालिका ४ बर्दिया स्थित‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा गोली प्रहार गरि हत्या गरिएको थियो । त्यसको मुख्य अभियुक्त महाविर नै रहेको जिल्ला प्रहरी […]
कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित ## कोहलपुर नगरपालिका– हाल संस्थागत विद्यालयका बसहरूबाट लगातार बज्ने हर्नले स्थानीय बासिन्दा हैरान भएका छन्। बिहान स्कूल बसहरू आउँदा–जाँदा अत्यधिक हर्न बजाइने, सानो गल्लीमा समेत लगातार चर्को आवाज निकालिने र ध्वनि प्रदूषण असह्य रूपमा बढेको भन्दै स्थानीयहरूले तीव्र असन्तुष्टि जनाएको छन्। लगातार बज्ने […]
कोहलपुर इलाका प्रशासन कार्यालयमा बुधबार जानकारी लिन पुगेका एक पत्रकारमाथि कार्यालयका कर्मचारीले गरेको दुर्व्यवहार र अनुशासनहीन व्यवहारले गम्भीर प्रश्न उठेको छ। घटनास्थलमा पुगेका पत्रकारका अनुसार कार्यालयभित्र प्रवेश गर्दा एक कर्मचारीले श्रुति सेवन (सुरती सेवन) गरेको स्पष्ट देखिएको थियो। अन्य कर्मचारीहरू पनि सरकारी कार्यालयमा अनिवार्य मानिने पोशाक बिना नै सेवाग्राहीको काम गरिरहेका थिए, जसले कार्यालयभित्रको अनुशासन […]
कोहलपुर–११ बागेश्वरी बहुमुखी क्याम्पस र धिताल पेट्रोल पम्प अगाडि रहेको जेब्रा क्रसिङ कोहलपुर नगरपालिकाले पुनः डिभाइडर राखेर बन्द गरिदिएपछि विद्यार्थी, शिक्षक, स्थानीय र पैदल यात्रु सबैलाई ठूलो समस्या परेको छ। विद्यार्थीहरूले केही समयअघि आन्दोलनमार्फत हटाएको डिभाइडर फेरि त्यही स्थानमा राखिएपछि दैनिक आवतजावतमा अत्याधिक कठिनाइ भएको सर्वसाधारण बताउँछन्। विद्यालय र क्याम्पस जानेहरूले घुमेर जानुपर्दा ढिलो हुने, […]










