Author: सुनौलो आवाज
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै हुनु हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लाग्नु भएको हो । चीनमा रहँदा मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नु हुनेछ । छेङ्दुमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रायलले जनाएको छ । […]
आठबिसकोट नगरपालिका, रुकुम पश्चिम – आठबिसकोट नगर अस्पतालको सरकारी नम्बर प्लेटको एम्बुलेन्सले व्यापारी प्रयोजनमा सामान ओसारपसार गर्दै रहेको खुलासा भएको छ। एम्बुलेन्सलाई स्वास्थ्य सेवाको लागि प्रदान गरिएको सरकारी साधन हो, तर यसलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेको देखिएको छ, जसले स्वास्थ्य सेवामा अनियमितता र संसाधनको दुरुपयोगको संकेत दिएको छ। स्थानीय स्रोतका अनुसार, एम्बुलेन्सको प्रयोग स्वास्थ्य […]
चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ […]
फिलिपिन्सको राजधानी मनिलाको आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा दुई हजार परिवार घरविहीन भएका छन् । ‘मनिला सिटी फायर डिपार्टमेन्ट’का अग्नि नियन्त्रक अलेजान्ड्रो रामोसका अनुसार ‘मनिला बे’नजिकै भीषण आगलागीले ज्वलनशील सामग्रीबाट बनेका करिब एक हजार घरटहराहरू जलेर नष्ट भएको छ । ‘मनिला बे’ क्षेत्रमा अवैघ रुपमा मानिसहरु बसोबास गर्दै आएको बताइएको छ । फिलिपिन्स वायुसेना हेलिकोप्टर, […]
दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा परेका छन् । किसानलाई पाँच महिनादेखि दुधको भुक्तानी गर्न नसकेको संस्थानले फेरि खरिदमै कोटा प्रणाली लागु गरेको हो । दुग्ध विकास संस्थानले आन्तरिक खपत कम भएको भन्दै कोटा प्रणालीमा रहेर किसानसँग दुध खरिद गर्न मातहतका कार्यालयहरुलाई आन्तरिक सर्कुलर गरेको हो । उत्पादन […]
इन्टर मायामीका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनो टाटाले पदबाट राजीनामा दिएका छन् । मेजर लिग सकर क्लब मायामीले प्रशिक्षक मार्टिनो व्यक्तिगत कारणले जिम्मेवारी मुक्त भएको जानकारी दिएको हो । नोभेम्बरको सुरुवातमा मायामी एमएलएस क्लबको प्लेबाट बाहिरिएपछि उनीमाथि दबाब रहँदै आएको थियो । सन् २०२३ जुनमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका मार्टिनोले सम्झौता सकिन एक वर्ष बाँकी […]
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणबाट थप १६ जना गम्भीर घाइते भएको जनाइएको छ । अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ । भूमिको स्वामित्वलाई […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश […]
कर्णाली प्रदेश, जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिकामा लाखौं रुपैयाँको लागतमा खरिद गरिएका सरकारी सवारी साधनहरू वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खुलासा भएको छ। स्थानीय स्रोतका अनुसार यी साधनहरू उचित मर्मतसम्भार नहुँदा र दुरुपयोगका कारण बिग्रेर प्रयोगविहीन बनेका हुन्। सरकारी सवारी साधनहरूको उपयोगिता सार्वजनिक सेवामा सुधार गर्नका लागि महत्वपूर्ण भए पनि, स्थानीय सरकार र सम्बन्धित नियमन निकायहरूले […]
दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए। नेपालगञ्जबाट […]










