समाचार
मुगुको लुमा आसपासमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४.४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि हिजो दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सूर्य प्रसाद रिजाल ; तराईका केही जिल्लामा राजस्व असुली कम भएको कारण यसलाई सुधार गर्न प्रधान कार्यालयले सम्बन्धित सशस्त्र प्रहरी उपरीक्षकहरूलाई छलफलका लागि बोलाएको छ। यस क्रममा बाके जिल्लास्थित ३० नम्बर गण, बागेश्वरी, नेपालगञ्जका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाङ्गी पनि छलफलमा सहभागी हुनुभएको छ। यद्यपि, उपरीक्षक डाङ्गीको उपस्थितिलाई लिएर केही मिडियाहरूले उहाँलाई कारबाहीस्वरूप प्रधान […]
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च […]
बाजुरामा भूकम्प गएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए। भूकम्प आएपछि मानिसहरू घरबाहिर निस्केका थिए। केही घरहरू चर्किएको […]
नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् । प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो […]
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ । सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । सुदूरपश्चिमलाई भने जित वा हारले फरक पर्दैन । ऊ अंक […]
गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]
दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल रूखमा ठोक्किँदा एक जना किशोरको मृत्यु भएको छ। आइतबार दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका-४ मा लु .प्र . ०२–००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृतक १६ वर्षीय दीपेन्द्र वली छन्। तुलसीपुर-३ खमारीका […]
सूर्य प्रसाद रिजाल: दैलेख, नारायण नगरपालिका– हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्बिरले ठूलो चर्चा पाएको छ। तस्बिरमा नारायण नगरपालिकाको सरकारी मोटरसाइकल लिएर केही कर्मचारीहरू खुला सडकमा लुडो खेल्दै गरेको देखिएको छ। यो घटनाले सरकारी सम्पत्तिको दुरुपयोग र कर्मचारीको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ। सरकारी सम्पत्ति जनताको करबाट सञ्चालित हुन्छ, जसलाई जिम्मेवारीपूर्वक र […]
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् । यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो । दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट […]









