समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ । सुदूरपश्चिम रोयल्स जारी प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेको छ भने कर्णालीले प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । सुदूरपश्चिमलाई भने जित वा हारले फरक पर्दैन । ऊ अंक […]
गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुस्ता गाउँपालिका-२ मुसहर टोलका २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विशाल मुसहर, मोहन थारू र साहिल थारू रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताउनु […]
दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल रूखमा ठोक्किँदा एक जना किशोरको मृत्यु भएको छ। आइतबार दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका-४ मा लु .प्र . ०२–००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृतक १६ वर्षीय दीपेन्द्र वली छन्। तुलसीपुर-३ खमारीका […]
सूर्य प्रसाद रिजाल: दैलेख, नारायण नगरपालिका– हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्बिरले ठूलो चर्चा पाएको छ। तस्बिरमा नारायण नगरपालिकाको सरकारी मोटरसाइकल लिएर केही कर्मचारीहरू खुला सडकमा लुडो खेल्दै गरेको देखिएको छ। यो घटनाले सरकारी सम्पत्तिको दुरुपयोग र कर्मचारीको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ। सरकारी सम्पत्ति जनताको करबाट सञ्चालित हुन्छ, जसलाई जिम्मेवारीपूर्वक र […]
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् । यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो । दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट […]
मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । कार्कीगाउँबाट जगतिपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जीप नुवागाउँको घुम्तीमा दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले बताएको छ । प्रहरीका […]
समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने नारा सहित ३३ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस भैरवी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ।कार्यक्रम को सहआयोजकको रुपमा सोसेक नेपालको हातेमालो आधार परियोजनाले गरेको थियो। कार्यक्रम संचालन भैरबी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख निर्मला रिजालले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षको रुपमा अपांग […]
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै हुनु हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लाग्नु भएको हो । चीनमा रहँदा मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नु हुनेछ । छेङ्दुमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रायलले जनाएको छ । […]
आठबिसकोट नगरपालिका, रुकुम पश्चिम – आठबिसकोट नगर अस्पतालको सरकारी नम्बर प्लेटको एम्बुलेन्सले व्यापारी प्रयोजनमा सामान ओसारपसार गर्दै रहेको खुलासा भएको छ। एम्बुलेन्सलाई स्वास्थ्य सेवाको लागि प्रदान गरिएको सरकारी साधन हो, तर यसलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेको देखिएको छ, जसले स्वास्थ्य सेवामा अनियमितता र संसाधनको दुरुपयोगको संकेत दिएको छ। स्थानीय स्रोतका अनुसार, एम्बुलेन्सको प्रयोग स्वास्थ्य […]
चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ […]









