बाँके जिल्लाको सीमामा हुने अपराधिक गतिविधि लागुऔषध तथा अन्य विषयमा सशस्त्र प्रहरी बल स्थानीय तहहरुमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ कार्तिक १०, शनिबार ०७:१९

मिति२०८१।०७।०९ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उ.म.न.पा.१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको ICP भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरु संग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधिक गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रण, सशस्त्र प्रहरी बल, नेपाल संग सीमाबासीले राखेको अपेक्षा, सीमा निगरानि तथा सहजिकरण लगायत सशस्त्र प्रहरी बल, नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगी, नं.३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सशस्त्र प्रहरी बल नेपालका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, FOB पतिहरु समेतको उपस्थित रहेको ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु