भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने

२०८१ कार्तिक २९, बिहीबार ०९:०१

भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । कर्णालीले समाजिक सञ्जाल मार्फत गब्बर उपनामले परिचित धवनलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।

 

धवनले भारतबाट टेस्ट, टी-ट्वान्टीआई र ओडीआई गरी तीनै फरम्यार्टमा प्रतिनिधित्व गरिसकेका छन् । धवनले एनपीएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

 

कर्णालीले भारतमै गएर धवनसँग सम्झौता गरेको हो । ३८ वर्षीय धवनले ६८ टी-ट्वान्टीआईमा १ हजार ७ सय ६९ रन बनाएका छन् । ३४ टेस्ट खेलेका उनको नाममा २ हजार ३ सय १५ रन छ ।

 

१ सय ६७ ओडीआईमा धवनले ६ हजार ७ सय ९३ रन बनाएका छन् । उनले आइपीएलमा दिल्ली क्यापिटल्स, पञ्जाब किङ्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबाट खेलिसकेका छन् । धवनले सन् २०१६ मा हैदराबादबाट आईपीएल जितेका थिए । धवनलाई कति रकममा टिममा भित्र्याइएको हो त्यो भने खुलाइएको छैन ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु