भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने

२०८१ कार्तिक २९, बिहीबार ०९:०१

भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । कर्णालीले समाजिक सञ्जाल मार्फत गब्बर उपनामले परिचित धवनलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।

 

धवनले भारतबाट टेस्ट, टी-ट्वान्टीआई र ओडीआई गरी तीनै फरम्यार्टमा प्रतिनिधित्व गरिसकेका छन् । धवनले एनपीएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

 

कर्णालीले भारतमै गएर धवनसँग सम्झौता गरेको हो । ३८ वर्षीय धवनले ६८ टी-ट्वान्टीआईमा १ हजार ७ सय ६९ रन बनाएका छन् । ३४ टेस्ट खेलेका उनको नाममा २ हजार ३ सय १५ रन छ ।

 

१ सय ६७ ओडीआईमा धवनले ६ हजार ७ सय ९३ रन बनाएका छन् । उनले आइपीएलमा दिल्ली क्यापिटल्स, पञ्जाब किङ्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबाट खेलिसकेका छन् । धवनले सन् २०१६ मा हैदराबादबाट आईपीएल जितेका थिए । धवनलाई कति रकममा टिममा भित्र्याइएको हो त्यो भने खुलाइएको छैन ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु