दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ

२०८१ मंसिर ३, सोमबार ०९:०५

दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए।

नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडी तुलसीपुरको दमारगाउँ चेकपोस्टमा चेकजाँचका क्रममा इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद फेला परेको थियो। अनुसन्धान र सोधपुछको क्रममा प्रहरीले आइतबार मनोज र रञ्जितलाई पनि पक्राउ गरेको हो।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु