सूर्य प्रसाद रिजाल ; तराईका केही जिल्लामा राजस्व असुली कम भएको कारण यसलाई सुधार गर्न प्रधान कार्यालयले सम्बन्धित सशस्त्र प्रहरी उपरीक्षकहरूलाई छलफलका लागि बोलाएको छ। यस क्रममा बाके जिल्लास्थित ३० नम्बर गण, बागेश्वरी, नेपालगञ्जका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाङ्गी पनि छलफलमा सहभागी हुनुभएको छ।
यद्यपि, उपरीक्षक डाङ्गीको उपस्थितिलाई लिएर केही मिडियाहरूले उहाँलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको भनी भ्रमित समाचार सम्प्रेषण गरिरहेका छन्। यस्ता आधारहीन र सत्यतथ्य बिनाका समाचारले आमजनमानसमा गलत धारणा सिर्जना गर्न सक्ने भएकाले वास्तविकतामा ध्यान दिन जरुरी छ।
यस प्रकारका छलफलहरूले राज्यको राजस्व प्रणालीलाई सुधार्ने र पारदर्शी बनाउन योगदान पुर्याउने अपेक्षा गरिन्छ। संबंधित पक्षहरूलाई सत्यतथ्य जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।





