नगरप्रमुख पुर्णप्रसाद आचार्यले फेसबुक स्टाटसबाट SEE परीक्षा केन्द्र निर्धारण गर्दा प्रमुख जिल्ला अधिकारीले सस्थागत विद्यालयसङ्ग सौदाबाजी गरेको गम्भीर आरोप लगाएका छन।

२०८१ फाल्गुन १७, शनिबार ०८:४६

सूर्य प्रसाद रिजाल: बाँके – मेयर पूर्णप्रसाद आचार्य ज्यूले प्रमुख जिल्ला अधिकारी ज्यूलाइ फेसबुकमा लगाएका आरोपको फोनमार्फत प्रतिक्रिया लिन खोज्दा दिन नचाहेकाले फेसबूकबाट नै प्रतिक्रिया मागिएको छ।

कमजोर र कमशल व्यक्ती छानिनु र त्यो बाट शासित हुन बाध्य हुनु लोकतान्त्रिक व्यवस्थाको दुर्भाग्य हो। यस्तै मध्य एक हुन कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य।

परीक्षा केन्द्रको मेसोमा उनले आफ्नो योग्यता समाजको अगाडि ल्याइदिए। उनको धैर्यताको स्तर के रैछ। उनी कति असहिष्णु रहेछन। उनी कति कमजोर मानसिकतामा रहेछन्।

उनले लगाएका आरोप हेरौ::

१. सस्थागत विद्यालयसङ्ग सौदाबाजी : तपाइँ नगरप्रमुख हुनुहुन्छ – विद्यालय तपाइको अधीनमा छन। कुन विद्यालयले त्यस्तो गैरकानुनी सौदावाजी गर्यो। यहाँले फेसबुकमा रोदन प्रकट गर्नुभन्दा ती सौदाबाजी गर्ने विद्यालयलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया सुरुवात गर्न के ले रोक्यो?

२. परिक्षा केन्द्र निर्धारणले समाज चौपट भयो।

– यो स्तरको निम्छरो आरोप र बुझाइ मेयर भन्ने गरिएको मान्छे कै हो त? सिडियोले समाज चौपट बनाएको भए त त्यो भन्दा ठूलो अपराध के हुन सक्छ? समाज चौपट बनाएको हेर्न यहाँलाई मेयर बनाइएको हो? कहाँ र कसरी समाज चौपट भयो कानुनी कारवाहीमा किन नजाने तपाइँ ?

३. गलत प्रवृतिका पात्रसङ्गको साठगाठ र हिमचिम :

– तपाइको ठाउमा गलत प्रवृतिका मान्छे रहेको निष्कर्ष निकालेर पनि चुपचाप बस्नु हुन्छ। यति निरीह हुनुहुन्छ। को हुन त्यस्ता गलत प्रवृतिका पात्र जनतासङ्ग सार्वजनिक गर्नुपर्दैन? अनि गलत प्रवृती र कर्मका व्यक्तिलाइ कानुनी कठघरामा उभ्याउने यहाँको दायित्व होइन?

४. मर्यादित परीक्षा प्रणालीमा धक्का:

– परीक्षा केन्द्र तोक्ने बित्तिकै अमर्यादित कसरी हुन्छ? परीक्षा सचालन हुन अझै बाकी छ। परीक्षा कसरी अमर्यादित हुँदै छ – त्यो रोक्नु यहाको दायित्व होइन। कि परीक्षा हुनु एक महिना अगाडि नै अमर्यादित भयो भनेर नालायकीपन देखाएर रुदै हिड्ने हो ?

५. हामीलाइ निरुत्साहित गरियो:

– परिक्षा केन्द्र कहाँ भए तपाईं प्रोत्साहित हुनुहुन्थ्यो? कहाँ राख्दा निरुत्साहित हुनु भयो? यस्ता काइते कुरा मान्छेले पढेर हास्छन भन्ने यहाँलाई हेक्का छैन?

६. अभिभावकमा भ्रम राख्ने:

– परीक्षा केन्द्र एउटा प्रणालीमा निर्धारण हुन्छ। त्यो सार्वजनिक हुन्छ। जब यो सबै कुरा अविभावकले थाहा पाउछन। केन्द्र पारदर्शी हुन्छ। परीक्षा पहिलो पटक हुदैछन। एउटा प्रक्रियामा परीक्षा हुन्छ। यो सबैमा अवगत अभिभावक भ्रममा कसरी रहन्छ ?

कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्य ज्यूले परीक्षा केन्द्र निर्धारणमा बाकेका प्रमुख जिल्ला अधिकारीलाइ लगाएका आरोप सम्बन्धमा लिन खोजिएको प्रतिक्रियाबाट पन्छिएका छन। एउटा सार्वजनिक पदाधिकारीले आरोप लगाउने तर त्यसमा जवाफ नदिने कुरा आफैमा लोकतान्त्रिक चरित्र विपरीतको कार्य हो।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले स्पष्ट जवाफ दिएका छन। आफुले नगर प्रमुखलाइ सम्पर्क गरि आरोपलाई प्रमाणसहित पुष्टि गर्न चुनौती दिएको र नगरप्रमुखले त्यो नगरे कानुनी प्रक्रियामा जाने बताएका छन।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु