अबैध ब्रोईलर चल्लासहित भारतीय नागरिक नेपालगञ्जबाट पक्राउ

२०८२ बैशाख ९, मंगलवार ०९:१५

बाँके प्रहरीले अबैध रूपमा ल्याइएको ब्रोईलर कुखुराको चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरवाबाट भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट २० कार्टुनमा रहेका करिब २,००० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लाको अनुमानित मूल्य दुई लाख रुपैयाँ बराबर रहेको छ।

पक्राउ परेका मनिहारलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु