लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो

२०८२ श्रावण ३१, शुक्रबार १६:२९

बाँकेकेा नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय
नेपालगन्जबाट गएको टोलीले नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
चार जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएका असई नवीन शाहीमाथि चक्कु र सिसाको बोटलले आक्रमण गरेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको बताएको छ ।
प्रहरीले चालएको गोली लागेर एक लागुऔषध कारोबारी घाइते भएको प्रहरीले जानकारी दिएको छ । खुट्टामा गोली लागेर घाइते भएका लागुऔषध कारोबारीलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पक्राउ परेका र गोली लागेका घाइते कारोबारीको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन । घटना आज मध्यान्ह करीब १२.३० बजे भएको थियो ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु