कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

२०८२ मंसिर १६, सोमबार १७:४२

कोहलपुर–११ बागेश्वरी बहुमुखी क्याम्पस र धिताल पेट्रोल पम्प अगाडि रहेको जेब्रा क्रसिङ कोहलपुर नगरपालिकाले पुनः डिभाइडर राखेर बन्द गरिदिएपछि विद्यार्थी, शिक्षक, स्थानीय र पैदल यात्रु सबैलाई ठूलो समस्या परेको छ।

विद्यार्थीहरूले केही समयअघि आन्दोलनमार्फत हटाएको डिभाइडर फेरि त्यही स्थानमा राखिएपछि दैनिक आवतजावतमा अत्याधिक कठिनाइ भएको सर्वसाधारण बताउँछन्। विद्यालय र क्याम्पस जानेहरूले घुमेर जानुपर्दा ढिलो हुने, पैदल यात्रुले सडक पार गर्दा जोखिम बढेको, र भीड समयमा दुर्घटनाको सम्भावना अझै धेरै रहेको स्थानीयको अनुभव छ।

यसबिच, केही समय अगाडि ग्रीन पिस सेकेन्डरी स्कुलको भ्यान पनि सोही डिभाइडर राखिएको स्थान नजिकै दुर्घटनामा परेको घटना स्थानीयका लागि थप चिन्ताको विषय बनेको छ। उनीहरूका अनुसार गलत स्थानमा राखिएको डिभाइडरले दुर्घटनाको जोखिम झनै बढाएको छ।

विद्यार्थीहरू भन्छन्—
“हामीले पहिले आन्दोलन गरेर हटाएको डिभाइडर फेरि राखिदिँदा हाम्रै समस्या दोहोरिएको छ। नगरपालिकाले तत्काल हटाउनुपर्छ, नत्र फेरि आन्दोलन हुन्छ।”

शिक्षक र स्थानीयवासी पनि डिभाइडर हटाएर जेब्रा क्रसिङ सुचारु गर्न माग गरिरहेका छन्। विशेषगरी बिहान–बेलुकाको व्यस्त समयमा साना बालबालिका, महिला, विद्यार्थी र वृद्धवृद्धालाई सडक पार गर्न अत्यन्त कठिन परेको उनीहरूको गुनासो छ।

एक स्थानीयले भने,
“डिभाइडरले बाटो बन्द भएपछि सबैलाई समस्या भएको छ। विद्यार्थी–शिक्षकदेखि पैदल यात्रु सबैजना जोखिममा छन्। भ्यान दुर्घटना त चेतावनी हो—अब नगरपालिकाले तुरुन्तै सुधार गर्नुपर्छ।”

सरोकारवालाहरूको लगातार दवाबपछि डिभाइडर व्यवस्थापनबारे नगरपालिकाले तुरुन्तै पुनर्विचार गर्नुपर्ने माग अझै तीव्र बन्दै गएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु