नेपालगन्ज: लाइसेन्स अनियमितता प्रकरणमा इन्सपेक्टरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ फाल्गुन १५, शुक्रबार २१:०३

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

Commission for the Investigation of Abuse of Authority (अख्तियार) ले हाल कैलालीको इलाका प्रहरी कार्यालय मालारानीमा कार्यरत इन्सपेक्टर पुष्करराज पन्तविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। पन्त बाँकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा नक्कली लाइसेन्स प्रकरणमा संलग्न रहेको आरोप छ।

अख्तियारको छानबिनअनुसार यातायात कार्यालयका कर्मचारीसँग मिलेर लिखित तथा ट्रायल परीक्षामा फेल भएका व्यक्तिलाई पास गराई लाइसेन्स प्रदान गरी लाखौं रुपैयाँ असुली गरिएको खुलेको छ।

यस प्रकरणमा इन्सपेक्टर पन्तसहित वरिष्ठ सई नन्दकुमार पोखरेल, वरिष्ठ सई प्रबिण आचार्य तथा असई दमन बिक्रम सेनविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले पन्तविरुद्ध ४३ लाख १४ हजार, पोखरेलविरुद्ध ४७ लाख ६६ हजार, आचार्यविरुद्ध ४१ लाख ३७ हजार र सेनविरुद्ध ३३ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरेको जनाएको छ।

गत वर्ष अख्तियारले यातायात कार्यालयका कर्मचारीलाई पक्राउ गरी विस्तृत अनुसन्धान थालेको थियो। पक्राउ परेकाको मोबाइलबाट घुस लेनदेनसम्बन्धी विवरण फेला परेको जनाइएको छ।

यसै प्रकरणमा आयोगका सहसचिव लोकबहादुर सुनार र उमेश ढुंगानासहित ३३ जनाविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा लाइसेन्स प्रक्रियामा मिलेमतो र अवैध असुलीको विस्तृत विवरण उल्लेख गरिएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु