बबई नजिकै बाँदरले झुक्याउँदा मोटरसाइकल दुर्घटना, तीन जना घाइते
बबई नजिक सानो धरबास खोला पुल क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। बोटेचौरबाट Nepalgunj जाँदै गरेको भे ३ प ३८८७ नम्बरको मोटरसाइकल बाँदरले झुक्याउँदा दुर्घटना भएको छ।
मोटरसाइकलमा सवार लालबहादुर ओली, पञ्चकुमारी ओली र उनकी छोरी कुस्मा ओली घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।
घाइते तीनै जनालाई बबई प्रहरी ले उद्धार गरी उपचारका लागि नेपालगञ्जतर्फ पठाएको छ।





