Kohalpur मा १६ वर्षीया Inisha BK को घटनामा न्यायको माग गर्दै युवायुवतीहरूले खबरदारी र्याली गरेका छन्।
हातमा ब्यानर बोकेर उनीहरूले बालिकामाथि हुने बलात्कार तथा हत्या जस्ता घटनाको अन्त्य गर्नुपर्ने माग गरेका थिए। प्रदर्शनकारीहरूले “बालिकामाथि हुने बलात्कार हत्या हिंसा बन्द गर” तथा “इनिसा विकलाई न्याय दे, हत्यारालाई कारबाही गर” जस्ता नारासहित विरोध जनाएका थिए।
र्यालीमा सहभागीहरूले इनिसा विकका दोषीलाई कडा कारबाही गर्न र यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। घटनापछि देशका विभिन्न स्थानमा इनिसा विकलाई न्याय दिनुपर्ने आवाज उठिरहेको छ।





