सुर्खेतमा एम्बुलेन्स चालकमाथि कुटपिट गरी एम्बुलेन्स तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विक रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
उनकाअनुसार गए राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका ११ स्थित सादिखोला नजिक सल्यानको कुमाङ गाउँपालिकाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई रोकेर चालकलाई कुटपिट गरिएको थियो। त्यस्तै, एम्बुलेन्समा तोडफोड भएको थियो।
सुर्खेतमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड साथै चालकलाई कुटपिट





