अब भाग्ने ठाउँ छैन—मनपरी गर्ने १५७ गाडीलाई ट्राफिकको कडा झड्का!”

२०८३ बैशाख १७, बिहीबार २२:२३

बाँके जिल्लामा सार्वजनिक सवारीसाधनको मनपरी र लापरवाहीविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कडा एक्सन सुरु गरेको छ। कार्यालय प्रमुख कनक शाहीको नेतृत्वमा खटिएको ट्राफिक टोलीले नेपालगञ्ज–सुर्खेत रत्न राजमार्ग सडक खण्डमा व्यापक चेकजाँच गर्दै एकैदिन १५७ वटा सवारीसाधनलाई कारबाही गरेको हो।
जनगुनासोका आधारमा गरिएको विशेष अभियानमा सवारीसाधनमा आफुखुशी हुड जडान गर्ने, सिट निकालेर अत्याधिक यात्रु बोक्ने तथा सरसामान थुपार्ने जस्ता गम्भीर नियम उल्लङ्घनहरू फेला परेका थिए। यस्ता गतिविधिले यात्रुको ज्यान नै जोखिममा पार्ने भएकाले तत्काल नियन्त्रणमा लिँदै आवश्यक कारबाही गरिएको ट्राफिकले जनाएको छ।
कार्यालय प्रमुख कनक शाहीले स्पष्ट चेतावनी दिएका छन्—“सडकमा मनपरी र लापरवाही अब सह्य हुँदैन। नियम मिच्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिन्छ।”
कारबाहीमा परेका सवारीसाधनलाई हुड हटाउन, सिट पुनः जडान गर्न तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने शर्तमा मात्र छोडिएको जनाइएको छ।
यस कडा कदमपछि नेपालगञ्ज–सुर्खेत सडक खण्डमा अव्यवस्थित र जोखिमपूर्ण यात्रा गर्ने प्रवृत्तिमा ठुलो अंकुश लाग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि ट्राफिकको यस अभियानलाई समयमै गरिएको प्रभावकारी कदम भन्दै स्वागत गरेका छन्।
🚫 सन्देश स्पष्ट छ—अब नियम मिच्ने छुट छैन, कारबाही निश्चित छ!

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु