सामानको मूल्यसूची भन्दा बढी पैसा लगेमा विक्रेतालाई महानगरले कारबाही गर्ने ।

२०८१ आश्विन ९, बुधबार ०९:४६

दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई सचेत गराएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुका बारेमा मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न आग्रह गरेको छ ।

यस्तै, महानगरले अंकित अधिकतम मूल्यभन्दा बढी मूल्य नलिन, वस्तुको उपभोग मिति ख्याल गर्न तथा खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्न सचेत गराएको छ ।

अनुगमनका क्रममा महानगरले निर्दिष्ट गरेका विषयमा अटेर गरेको पाइएमा वा तोकिएको मापदण्ड विपरित कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

महानगरले स्वच्छता, गुणस्तर, वस्तुको म्याद जाँचेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । केही समस्या परे वा उजुरी भए ११८० मा सम्पर्क गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु