सानो तर गर्विलो गाउँ अम्रा जहाँ मानिसहरू सधैं आफ्नो पेसामा तल्लीन हुन्छन्

२०८१ आश्विन २८, सोमबार ०९:०५

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा अवस्थित सानो तर गर्विलो गाउँ अम्रा जहाँ मानिसहरू सधैं आफ्नो पेसामा तल्लीन हुन्छन्। बाख्रापालन, कुखुरापालन, भैंसी पालन, खेतिपाति, शिक्षण, व्यापार, र वैदेशिक रोजगार यहाँका मुख्य आयस्रोतका पेसा हुन।

 

विश्वकर्मा, परियार, बुढा, बिस्ट, बस्नेत, एरि र राणा लगायतका यी जातजातीले गाउँको समाजलाई विविधता दिएका छन्। जात मात्र होइन, यहाँका धर्म पनि फरक छन्। हिन्दु, क्रिश्चियन, गुरु धर्महरुका आ आफ्ना आस्था र विश्वास छन।

 

राजनीति र विचारमा मतभेद कहिलेकाहीँ हुन सक्छ। व्यक्तिहरूबीच मनमुटाव पनि आउन सक्छ। तर अफ्ठेरो परिस्थिती आउँदा यहाँका मानिसहरू एकजुट भएर अघि बढ्छन।

 

अम्रा—जहाँ एकता र विविधता हातमा हात मिलाएर हिंड्छन। यो दृश्य हो त्यही गाउँको, जहाँ संघर्षले सधैं एकताको बाटो देखाउँछ र जहाँ कला र संस्कृतिले अझै जीवन्तता पाएको छ।”

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु