टी-२० विश्वकप छनोट : नेपालको स्तर अनुसारको प्रदर्शन

२०८० कार्तिक १३, सोमबार १०:२०

नेपाली क्रिकेट टिमले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्दै आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु समर्थकको माझ नेपालले सिंगापुर विरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

सन्दीप लामिछानेले पुनरागमन गरेको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

जवाफमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ्स खेल्दै ७४ रन बनाएपछि नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

‘हाम्रो अपेक्षा अनुसारकै खेल नेपालले देखायो र नेपाल टिमले आफू कुन स्तरमा छ भनेर देखायो,’ अनलाइनखबरको लाइभ कमेन्ट्रीमा एक्सपर्ट गेष्टको रुपमा रहेका शरदले खेलपछि भने, ‘१७ ओभरमै खेल जित्दा नेपाली टिमको मनोबल बढाउँछ र बाँकी ६ टिमको लागि पनि अर्कै खालको दबाब सिर्जना पर्छ । विशेष गरी अब नेपालसँग खेल्ने मलेसिया र ओमानलाई दबाब पर्छ ।

अहिले चिसो मौसम रहेकोले बिहान ब्याटिङ गर्नु चुनौतीपूर्ण थियो । टस जित्ने टिमले बलिङ रोज्ने अपेक्षा थियो । तर सिंगापुरले टस जितेर ब्याटिङ रोज्यो । नेपाललाई यसैको फाइदा भयो ।

‘सिंगापुरले टस जितेर नेपाललाई बलिङ गर्न दिनु नै सरप्राइजिङ थियो । जसले गर्दा नै नेपाल लक्की भयो’, शरदले भने ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु