नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड

२०८० कार्तिक १४, मंगलवार ०३:५३

घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

भारतका शिखर धवनले, कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने

दैलेख नारायण नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग: लाखौं मूल्यका गाडीहरू निजी नम्बर प्लेटमा चलाइँदै

बाँके जिल्लाको सीमामा हुने अपराधिक गतिविधि लागुऔषध तथा अन्य विषयमा सशस्त्र प्रहरी बल स्थानीय तहहरुमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सानो तर गर्विलो गाउँ अम्रा जहाँ मानिसहरू सधैं आफ्नो पेसामा तल्लीन हुन्छन्

विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले सेवाग्राहीको गुनासो सुनी, कानुनी सचेतना प्रदान

हाम्रो बारेमा

सम्पर्क

सुनौलो आवाज
सम्पादक :- पदम बहादुर शाही
कार्यकारी निर्देशक तथा संवाददाता : सुर्य प्रसाद रिजाल
WhatsApp : 9858038010
More info : 9858038010
Company regester number: 350880/81/82
ठेगाना :

लिंकहरु

मेनु