चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

२०८१ मंसिर १०, सोमबार ०८:२१

चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

 

शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका-९ मा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो ।

 

अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन् । स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए । उपदङ्गगढीबाट पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेलपछि चालकले भिरालो बाटोको भित्तामा ठोकाएर धेरैको ज्यान जोगाएका थिए ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु