फिलिपिन्सको राजधानी मनिलामा आगलागी हुँदा एक हजार घरटहरा जले

२०८१ मंसिर १०, सोमबार ०८:०५

फिलिपिन्सको राजधानी मनिलाको आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा दुई हजार परिवार घरविहीन भएका छन् ।

‘मनिला सिटी फायर डिपार्टमेन्ट’का अग्नि नियन्त्रक अलेजान्ड्रो रामोसका अनुसार ‘मनिला बे’नजिकै भीषण आगलागीले ज्वलनशील सामग्रीबाट बनेका करिब एक हजार घरटहराहरू जलेर नष्ट भएको छ ।

‘मनिला बे’ क्षेत्रमा अवैघ रुपमा मानिसहरु बसोबास गर्दै आएको बताइएको छ । फिलिपिन्स वायुसेना हेलिकोप्टर, तटरक्षक बलका डुंगाका साथै ३० वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

तीव्र हावा र साँघुरो सडकका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो । मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समय अनुसार करिब २ बजे आगो नियन्त्रणमा आएको जनाएको छ ।

स्थानीयले बाटो अवरुद्ध गर्दा अग्नि नियन्त्रकहरुलाई बस्तीमा पुग्नसमेत कठिन भएको थियो । आगलागीको घटनामा अहिलेसम्म कुनै हताहती भने नभएको बताइएको छ । यद्यपि, आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन् । आगलागीमा घरवारविहीन भएका परिवारको राहत तथा पुनर्स्थापनाको काम सुरु भएको त्यहाँका स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोटयर्सले जनाएको छ ।

मनिला प्रशासनले यी परिवारहरूलाई अस्थायी शिविरमा बस्ने व्यवस्था गरेको छ भने खाद्यान्न र अत्यावश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गरेको जनाएको छ ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु