फिलिपिन्सको राजधानी मनिलामा आगलागी हुँदा एक हजार घरटहरा जले

२०८१ मंसिर १०, सोमबार ०८:०५

फिलिपिन्सको राजधानी मनिलाको आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा दुई हजार परिवार घरविहीन भएका छन् ।

‘मनिला सिटी फायर डिपार्टमेन्ट’का अग्नि नियन्त्रक अलेजान्ड्रो रामोसका अनुसार ‘मनिला बे’नजिकै भीषण आगलागीले ज्वलनशील सामग्रीबाट बनेका करिब एक हजार घरटहराहरू जलेर नष्ट भएको छ ।

‘मनिला बे’ क्षेत्रमा अवैघ रुपमा मानिसहरु बसोबास गर्दै आएको बताइएको छ । फिलिपिन्स वायुसेना हेलिकोप्टर, तटरक्षक बलका डुंगाका साथै ३० वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

तीव्र हावा र साँघुरो सडकका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो । मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समय अनुसार करिब २ बजे आगो नियन्त्रणमा आएको जनाएको छ ।

स्थानीयले बाटो अवरुद्ध गर्दा अग्नि नियन्त्रकहरुलाई बस्तीमा पुग्नसमेत कठिन भएको थियो । आगलागीको घटनामा अहिलेसम्म कुनै हताहती भने नभएको बताइएको छ । यद्यपि, आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन् । आगलागीमा घरवारविहीन भएका परिवारको राहत तथा पुनर्स्थापनाको काम सुरु भएको त्यहाँका स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोटयर्सले जनाएको छ ।

मनिला प्रशासनले यी परिवारहरूलाई अस्थायी शिविरमा बस्ने व्यवस्था गरेको छ भने खाद्यान्न र अत्यावश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गरेको जनाएको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु