परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

२०८१ मंसिर १३, बिहीबार ०९:१७

परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै हुनु हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लाग्नु भएको हो ।

चीनमा रहँदा मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नु हुनेछ । छेङ्दुमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रायलले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीको भ्रमण, दुई देशको आपसी हितका विविध विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ । उहाँ शनिबार फर्कनु हुनेछ । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै हुनु हुन्छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनु हुनेछ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु