३३ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भैरबी गाउँ पालिका दैलेख ले अन्तरक्रिया कार्यक्रम का साथ मनाएको छ ।

२०८१ मंसिर १८, मंगलवार १८:१५

समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने नारा सहित ३३ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस भैरवी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ।कार्यक्रम को सहआयोजकको रुपमा सोसेक नेपालको हातेमालो आधार परियोजनाले गरेको थियो। कार्यक्रम संचालन भैरबी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख निर्मला रिजालले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षको रुपमा अपांग सम्वन्य समिति सयोजक एबम भैरबी गाउपालिकाको उपाध्यक्ष देबि भण्डारिले गर्नु भएको थियो। कार्यक्रममा सोसेक नेपाल हातेमालो परियोजना कि सामाजिक परिचालिका पार्वती थापा बसन्ती कुमारी थापा र कृष्णा बि. क को सहभागीतामा भएको थियो। कार्यक्रममा भैरवी चौकीका प्रतिनिधि क्रअपाङ्ग समन्वय समितिका अन्य सदस्यहरु लगायत अन्य कर्मचारीको सहभागिता थियो। ७ वटा वडा बाट ४ /४ जना सहभागी बोलाएर अन्तरक्रिया गराइएको थियो अन्तरक्रियामा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका आफ्ना समस्याहरू राख्नुभएको थियो विशेष गरेर समस्या चाहिँ आपाङ्ग मैत्री शौचालयको ब्यबस्था हुनु पर्ने केही व्यावसायिक तालिमको ब्यबस्था गर्नु पर्ने माग राख्नु भएको थियो। अन्तरक्रियापछि कार्यक्रमको समापन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नुभएको देवी भण्डारीले सहभागिता समस्याहरुलाई यो बर्ष भित्रनै जुनसुकै हालतमा पनि समाधान गर्ने वचन व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागिता जनाउनेहरूलाई यातायात खर्च र खाजाको व्यवस्था गरिएको थियो।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु