एनपीएल : आजको पहिलो खेलमा अपराजित चितवन र जितविहीन कर्णाली भिड्दै

२०८१ मंसिर २१, शुक्रबार ०७:५१

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् ।

 

यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो । दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट सुरू हुनेछ ।

 

चितवन एनपीएलमा अपराजित छ । दुई खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ । यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एक सय ६२ रनको लक्ष्य पाएको पोखरालाई चितवनले ७४ रनमा अल आउट गरेको थियो ।

 

पेस बलर सोहेल तन्विरले चितवनका लागि पावर प्लेमा महत्त्वपूर्ण विकेट लिँदै आएका छन् । दुई खेलमा उनले आठ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा छन् । रिजन ढकालको नाममा पनि चार विकेट छ । दुवै बायाँ हाते बलर हुन् । कर्णालीका ब्याटरका लागि तन्विर र रिजन बाधक बन्न सक्छन् । कप्तान कुशल मल्ल, रवि बोपारा, शरद भेषावकर, सन्तोष कार्की, हसन इसाखिल, लुक बेन्केन्स्टाइन लगायतको साथ चितवनलाई छ ।

 

कर्णाली भने जितविहीन छ । दुवै खेल हारेको सोमपाल कामीको टिम कर्णाली एनपीएलमा पहिलो जितको खोजीमा छ । कर्णालीले ब्याटिङमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन । ओपनर देव खनाल चल्न नसक्नु कर्णालीको चिन्ताको विषय हो । विदेशी खेलाडी चाडविक वाल्टन, बाबर हायात, जिसान मक्सुद पनि लामो समय क्रिजमा टिक्न सकेका छैनन् । धवनले भने गुर्खाज विरुद्धको अघिल्लो खेलमा पूरै २० ओभर खेलेर अविजित ७२ रन प्रहार गरेका थिए । गुल्सन झा , अर्जुन घर्तीको प्रदर्शन कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु