जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ मंसिर २०, बिहीबार ०८:१९

मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

 

कार्कीगाउँबाट जगतिपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जीप नुवागाउँको घुम्तीमा दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कैलाली जिल्ला घर भई हाल भेरी नगरपालिका-७ मध्यपहाडी लोकमार्गमा कार्यरत अन्दाजी वर्ष २४ का मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका अन्दाजी २२ वर्षका मिथुन हमाल रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

घाइते एक जना दाङ जिल्ला घोराही उपमहानगरपालिका-८ घर भई मध्यपहाडी लोकमार्गमै कार्यरत अन्दाजी वर्ष २२ का कमल चौधरीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु