दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ मंसिर २३, आईतवार २०:१४

दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल रूखमा ठोक्किँदा एक जना किशोरको मृत्यु भएको छ।

आइतबार दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका-४ मा लु .प्र . ०२–००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृतक १६ वर्षीय दीपेन्द्र वली छन्। तुलसीपुर-३ खमारीका वलीको राप्ती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते छन्। तुलसीपुर-४ घोरनेटीका १८ वर्षीय सन्दिप वली र मोटरसाइकल चालक १७ वर्षीय गणेश खड्का घाइते छन्। वली गम्भीर घाइते छन्। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। खड्काको तुलसीपुर सिटी हस्पिटलमा उपचार भइरहेको छ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु