नक्कली प्राविधिक कलेज खोली विद्यार्थी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१ पुष ५, शुक्रबार ०९:१६

नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् ।

 

प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो । तर, सुवेदीले मुख्य कार्यालयको बोर्ड हटाएर जीडी मल्टी टेक्निकल कलेज प्रालिको बोर्ड राखी तालिम दिने गरेको पाइएको छ । उनले तालिमका लागि आउने विद्यार्थीलाई ईशा रिसर्च सेन्टर र जीडी टेक्निकल कलेज एउटै हो भनेर झुक्याउने गर्थे ।

 

सुवेदीले विद्यार्थीबाट रकम ठगी गर्नुका साथै मुख्य कम्पनीको लेटरप्याड र छाप दुरुपयोग गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगीसम्बन्धी जाहेरी परेपछि उनलाई पुस २ गते चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु