नक्कली प्राविधिक कलेज खोली विद्यार्थी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१ पुष ५, शुक्रबार ०९:१६

नक्कली प्राविधिक कलेज सञ्चालन गरेर विद्यार्थी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल चितवनमा बस्दै आएका २८ वर्षीय प्रदीप सुवेदी रहेका छन् ।

 

प्रहरीका अनुसार, काठमाडौंमा मुख्य कार्यालय रहेको ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले सुवेदीलाई चितवन, भरतपुरस्थित शाखा कार्यालय सञ्चालनको जिम्मा दिएको थियो । तर, सुवेदीले मुख्य कार्यालयको बोर्ड हटाएर जीडी मल्टी टेक्निकल कलेज प्रालिको बोर्ड राखी तालिम दिने गरेको पाइएको छ । उनले तालिमका लागि आउने विद्यार्थीलाई ईशा रिसर्च सेन्टर र जीडी टेक्निकल कलेज एउटै हो भनेर झुक्याउने गर्थे ।

 

सुवेदीले विद्यार्थीबाट रकम ठगी गर्नुका साथै मुख्य कम्पनीको लेटरप्याड र छाप दुरुपयोग गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगीसम्बन्धी जाहेरी परेपछि उनलाई पुस २ गते चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु