प्रेस काउन्सिलद्वारा दश अनलाइन मिडियामा प्रतिबन्ध

२०८१ माघ २१, सोमबार १७:२४

प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ । आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो।

एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ । सूचीमा राखिएका मध्ये टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमले क्षमायाचना गरेका छन् । आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता व्यक्त गरेपछि उनीहरूलाई भने कालो सूचीबाट फुकुवा गरेको काउन्सिलले जनाएको हो ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु