हालै नयाँ प्रकारको ठगी प्रकरण देखिएको छ जसमा स्क्यामरहरूले तपाईँलाई मोबाइल नम्बर अनुमान गरेर मिलाएपछि “ई-सेवामा पैसा हाल्दिन्छु, नम्बर पठाइदिनुहोस्” भन्ने बहाना बनाउँछन्। जब तपाईँले नम्बर पठाउनुहुन्छ, उनीहरू “ओटिपी कोड आयो, मलाई सेन्ड गरिदिनुहोस्” भनेर आग्रह गर्छन्।
यदि तपाईँले उक्त ओटिपी कोड उनीहरूलाई पठाउनुभयो भने, उनीहरूले तपाईँको ई-सेवा अकाउन्टमा पहुँच प्राप्त गरी तपाईंको सम्पूर्ण रकम निकाल्न सक्छन्। यसरी अकाउन्ट ह्याक गरेर ठगी गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गइरहेको छ।
यसकारण, यस्ता स्क्यामरहरूको जालमा नफस्नुहोस्। कुनै पनि अपरिचित व्यक्तिसँग ओटिपी साझा नगर्नुहोस्, शङ्का लागेमा तुरुन्त ब्लक गर्नुहोस्, र आवश्यक परेमा सम्बन्धित निकायमा उजुरी दिनुहोस्। सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्!





