सिटिजन्स बैंक दुल्लु शाखाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

२०८१ चैत्र २, शनिबार १७:१०

दुल्लु, सूर्य प्रसाद रिजाल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा वडा नम्बर १० स्थित पञ्चकोशी वेद विद्या आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमबाट विद्यालयका विद्यार्थीहरू तथा आसपासका करिब २०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्। साथै, बैंकले करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ।

स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, वडा अध्यक्ष तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकका अनुसार बैंक आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरू आयोजना गर्न पाउँदा हर्षित छ। **”सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समुदायलाई आवश्यक सहयोग पुर्‍याउने प्रयास गर्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” बैंक का जिम्मेवार कर्मचारी ले बताए।

स्वास्थ्य परीक्षण सेवा लिएका विद्यार्थीहरू भने निकै उत्साहित देखिन्थे। “हाम्रो विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण हुने मौका मिलेकोमा खुसी छौँ। डाक्टरहरूले राम्रो जाँच गर्नुभयो, औषधि पनि निःशुल्क पायौँ। यसले हाम्रो स्वास्थ्य सचेतना बढाउन मद्दत गर्छ,” एक विद्यार्थीले भने।

बैंकले आगामी दिनहरूमा पनि समाजसेवाका यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु