बुद्ध एयरको प्रणाली ह्याक गरी अवैध टिकट बिक्री गर्ने दुई जना पक्राउ

२०८१ चैत्र ११, सोमबार १९:३५

काठमाडौं – बुद्ध एयरको प्रणाली ह्याक गरेर अवैध रूपमा हवाइ टिकट बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले भारतीय नागरिकको संलग्नतामा १५ दिनदेखि अवैध रूपमा टिकट काट्दै आएका थिए। हालसम्म २० यात्रुको टिकट काटेर पैसा नतिरेको उजुरीपछि आइतबार बत्तीसपुतलीबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु