दुल्लुमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको उपचार

२०८२ बैशाख १५, सोमबार १९:१२

दुल्लु नगरपालिका दैलेख र स्वास्थ्य सेवा कार्यालय दैलेखले सयुक्त आयोजना गरेको तिन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर ५ स्थित दुल्लु अस्पताल मा गत सनिवार , आईतवार र मंगलवार गरी तिन दिने विशेषज्ञ सहितको शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेख को समन्वय र वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. धर्मराज रेग्मी काे नेतृत्व रहेको शिविरमा हाडजोर्नी तथा नशा राेग विशेषज्ञ डा.किशाेर बिष्ट ,मानसिक राेग विशेषज्ञ डा. पुजा वि.सि. MDGP डा. लाेकराज कडेल काे टाेलिले सेवा प्रदान गरेकाे थिए भने शिविरमा   १ हजार जना भन्दा बढीले सेवा लिएका स्वास्थ्य सेवा कार्यालयका जन स्वास्थ्य निरिक्षक नवराज सुवेदीले जानकारी दिए ।

शिविरमा स्त्री तथा प्रसुति रोग,हाड जोर्नी, नशा र बाथ रोग, मानसिक रोग, जनरल मेडिसिन सामान्य चिकित्सा समेत ४ विधाका विशेषज्ञ चिकित्सकले निःशुल्कa स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि समेत उपलब्ध गराएकाे थियाे।

४ बिधा मध्ये स्त्री राेगमा २१३ जना,मानसिक राेगका १३३ जना, हाडजोर्नी का १७५जना, भिडियो एक्सरे, २३ जना, एक्सरे १०० जना, जनरल ओपिडि ३१० जना, मेजर अप्रेसन ८ जना, पाठेघर काे क्यान्सर स्किनिङ्ग १२३ जनाले सेवा लिनुभएकाे थियाे ।

त्यस्तै, आवश्यकता अनुसार बिरामीहरुको पाठेघरकाे मुखकाे क्यान्सर काे परिक्षण,हाडजोर्नी काे लागि एक्सरे , रगत जाचँ गर्ने व्यस्थापन समेत मिलाइएको थियो भने जटिल खालका हाडजोर्नी मा राखेकाे रड निकाल्ने र रड राख्ने सेवा समेत प्रदान गरिएको थियाे।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु