कुशल बुढाको हत्या प्रकरणमा आमाबाबु संलग्न

२०८२ बैशाख १७, बुधबार १२:१९

बाँके, वैशाख १७ –बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या प्रकरणमा उनको आमा यशोदा बुढा र सौतेनी बुबा निरकनाथ योगी संलग्न रहेको खुलेको छ।

प्रहरीका अनुसार कुशलको वास्तविक बाबु को हो भन्ने विषयमा श्रीमान–श्रीमतीबीच विवाद हुँदा आक्रोशमा आएर दुवैले मिलेर कुशलको हत्या गरेका हुन्। शव गत सोमबार कुलोमा गाडिएको अवस्थामा फेला परेको थियो।

कुशल यशोदाको पहिलो श्रीमानबाट जन्मिएका थिए। दोस्रो विवाह लुकाउँदै आएकी यशोदाले विद्यालयमा पनि कुशलको बाबुको नाम फरक उल्लेख गरेकी थिइन्।

हत्या गरेपछि यशोदाले आफैँ छोरा हराएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्। तर, अनुसन्धानपछि उनीहरूकै संलग्नता पुष्टि भएको हो। दुवैलाई हाल इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर अनुसन्धान भइरहेको छ।

 

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु