सिटिजन्स बैंक दुल्लु शाखाबाट दुल्लु अस्पताललाई निःशुल्क बिरामी कुरुवा डेस्क प्रदान

२०८२ बैशाख २४, बुधबार १९:२७

दुल्लु, दैलेख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड दुल्लु शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुल्लु अस्पताललाई बिरामी कुरुवा डेस्क निःशुल्क प्रदान गरेको छ। बैंकको एक विशेष कार्यक्रमबीच दुल्लु नगरपालिकाका मेयर भरत रिजालको प्रमुख आतिथ्यतामा उक्त डेस्क हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै मेयर रिजालले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनहरूमा समेत बैंकको उत्तरोत्तर प्रगति एवं सामाजिक क्षेत्रमा सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

दुल्लु शाखाले आफ्नो प्रतिक्रिया दिँदै, “हामी नयाँ शाखा भए पनि ग्राहकको मन मुटुमा बसेर सेवा दिन पाउँदा खुशी लागेको छ। यस प्रकारका सामाजिक गतिविधि विगतदेखि गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर जारी राख्नेछौं,” जनाएको छ। साथै, बैंकले सुरक्षित र सहज रूपमा बैंकका विभिन्न सेवा तथा कारोबारहरू साथै सबै प्रकारका रेमिट्यान्स सेवाहरू लिन र सेवा गर्न दुल्लु शाखामा आउन सबैलाई अनुरोध समेत गरेको छ।

दुल्लु क्षेत्रमा बैंकद्वारा गरिएको यस सामाजिक कार्यको स्थानिय समुदायबाट समेत चौतर्फी प्रशंसा भएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु