“व्यवसायसँगै पत्रकारिता: नाफामुखी होइन, सेवामूलक सोचको उपज”

२०८२ जेष्ठ २४, शुक्रबार १२:४१

२०८२ बाँके, २३ जेठ – हालै विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा बाँके जिल्लामा विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू अनलाइन मिडिया सञ्चालन गरिरहेको विषयमा शङ्का व्यक्त गरिएको छ। तर यसलाई केवल नाफामुखी सोचको आरोप लगाउँदै पत्रकारिताको मर्म माथि प्रश्न उठाउनु एकपक्षीय विश्लेषन मात्रै हो भन्ने प्रतिक्रिया पनि आउन थालेको छ।

 

मोबाइल पसल, मेडिकल, होटल, कपडा जस्ता व्यवसायसँग आवद्ध भई अनलाइन पत्रकारिता गरिरहेका व्यक्तिहरू भन्छन् – “हामी पत्रकारिता व्यवसायको विस्तारका लागि होइन, आफ्नो समाजको आवाज बन्नका लागि यो माध्यम अपनाएका हौं। व्यवसाय गर्नु कुनै गैरकानुनी होइन, तर त्यसैलाई बहाना बनाई पत्रकारितामाथि प्रश्न उठाउनु दुर्भाग्यपूर्ण हो।”

 

अनुभवले ल्याएको व्यावहारिक पत्रकारिता

बाँकेको एक स्थानीय अनलाइन सञ्चालकले भने – “हामी स्थानीय समस्या देख्छौं, महसुस गर्छौं, र त्यसको सूचना दिन चाहन्छौं। परम्परागत मिडिया पुग्न नसकेका ठाउँमा हामी पुगेका छौं। यो हाम्रो सामाजिक जिम्मेवारी हो, जुन हामी व्यवसायसँगै पनि निभाइरहेका छौं।”

 

 

अनलाइन माध्यमको सहज पहुँचले प्रत्येक नागरिकलाई आवाज दिने अवसर दिएको हो। सूचना विभागमा दर्ता भई सञ्चालनमा आएका मिडियाहरू कानुनी ढाँचामा अगाडि बढिरहेका छन्। पत्रकार आचारसंहिता पालना गर्नु सबैको कर्तव्य हो, तर व्यवसायमा संलग्न भएको आधारमा कसैको उद्देश्य माथि शङ्का गर्नु अन्यायपूर्ण हो।

 

“व्यवसाय गरेर पत्रकारिता नगर्नु भनेको किसानले लेख्न नपाउने भन्ने जस्तै हो”

स्थानीय सञ्चार विश्लेषक भन्छन् – “व्यवसाय गर्नु कानुनले नरोकेको पेशा हो। पत्रकारिता पेशा हो, र यो विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले अपनाउन सक्छन्। मुख्य कुरा तिनीहरूले पत्रकारिता आचारसंहिता पालना गरिरहेका छन् कि छैनन् भन्ने हो।”

 

बाँकेमा सञ्चालित अनलाइन मिडियाहरूको उद्देश्य एकपक्षीय रूपमा नाफामुखी भनेर टिप्पणी गर्नु पत्रकारिताको वास्तविक स्वरूपलाई संकुचित बनाउनु हो। समाजको सूचना प्रवाहमा सानोतिनो व्यवसाय गर्दै पत्रकारितामा सक्रिय भएकाहरूको भूमिका उपेक्षा गर्नु अन्यायपूर्ण मात्र होइन, असंवैधानिक सोच पनि हो। पत्रकारिता केवल पेशा मात्र नभई सामाजिक उत्तरदायित्व पनि हो – र यो जिम्मेवारी व्यवसायसँगै पनि पूरा गर्न सकिन्छ।

– सुनौलो आवाज मिडिया का कार्यकारी निर्देशक सुर्य प्रसाद रिजाल

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु