अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा

२०८२ जेष्ठ १०, शुक्रबार २०:४४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।शुक्रवार मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार, जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले निज खरिदार पाण्डेलाई बिचौलिया मार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस रिसवत लिई तिवारी रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगले खरिदार पाण्डे, लेखापढी व्यवसायी (बिचौलिया) शान्ति पुन र घनश्याम तिवारीलाई बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु