सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लबले शुक्रबार एक सामाजिक कार्य सम्पन्न गरेको छ।क्लबले वर्षाको कारण कमजोर बनेको विद्यालय जाने बाटो मर्मत गरेर विद्यार्थीहरूलाई राहत पु-र्याएको हो।
बर्खाको समयमा हिलो र झाडिले ढाकेको उक्त बाटोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको थियो। बाटोको अवस्था बिग्रिए पनि स्थानीय अभिभावकहरूले चासो नदिएको गुनासो सुनिएपछी मर्मत गरिएको क्लबका सचिव घनराज खड्काले जानकारी दिनुभयो।
क्लबका अध्यक्ष दिपेश दिपेश खड्का र आफू मिलेर बिदामा घर फर्किएका बेला विद्यार्थीको समस्या सुनी दुई जनामै खटिएर बाटो मर्मत सम्पन्न गरेको सचिब खड्काले बताउनुभयो । उनीहरूले बाटो सम्याउने, पानीको निकास मिलाउने र हिलो हटाउने कार्य गरेका थिए।
बाटो मर्मतपश्चात विद्यार्थीहरूसँग कुरा गर्दै क्लब अध्यक्ष दिपेश विकले खड्काए आगामी दिनमा पनि यस्तै समस्या आएमा आफुहरुलाउ सम्झन र आफ्नो क्षमताअनुसार सधैं साथमा रहने बताउनुभयो ।
उक्त कार्यबाट विद्यार्थीहरू निकै उत्साहित देखिए र क्लबप्रति आभार व्यक्त गरे।
क्लबले सामाजिक जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै
“परिवर्तन सम्भव रहेको र त्यसको लागि मैदानमा सबै आउनुपर्ने बताएको छ ।