चार लाख घुससहित एआईजीका घुमुवा बिष्ट पक्राउ

२०८२ माघ ५, आईतवार ०९:२९

काठमाडौं । सूचना संकलनका लागि परिचालन गरिएका सादा पोशाकका घुमुवाका कारण नेपाल प्रहरी बदनाम हुने गरेको छ ।

नेपालसँग सीमा जोडिएका तराईका जिल्लामा सूचना संकलनका लागि भन्दा पनि अतिरिक्त कमाइका लागि जिल्लादेखि इलाका र चौकीका इन्चार्जले सादा पोशाकका प्रहरी परिचालन गर्ने गरेको पाइन्छ ।
काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर परिसर र बृत्तका इन्चार्जहरुले पनि घुमुवा खटाउने र ती घुमुवाको काम सूचना संकलन नभएर हाकिम र आफ्नो लागि अतिरिक्त कमाइ गर्ने भएको गुनासो ब्यापक छ ।

यसैक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई प्रहरीले लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा बिहीबार नियन्त्रणमा लिएको छ ।

बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका छन् । उनी पनि घुमुवा नै हुन् । बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।

बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका थिए । तामाङकी श्रीमतीकै जोडबलमा बिष्टलाई घुमुवाका रुपमा खटाइएको थियो ।

तामाङले खटाएका घुमुवा बिष्टको टोलीलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले पनि निरन्तरता दिएका थिए ।

बिष्ट लामो समयदेखि काठमाडौंमै घुमुवाका रुपमा कार्यरत छन् । यसअघि २०७७ असारमा काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा बिष्ट र अर्का प्रहरी बिक्रम चन्द पक्राउ परेका थिए ।

सहायक हवल्दार बिष्ट र चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका थिए ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु