चार लाख घुससहित एआईजीका घुमुवा बिष्ट पक्राउ

२०८२ माघ ५, आईतवार ०९:२९

काठमाडौं । सूचना संकलनका लागि परिचालन गरिएका सादा पोशाकका घुमुवाका कारण नेपाल प्रहरी बदनाम हुने गरेको छ ।

नेपालसँग सीमा जोडिएका तराईका जिल्लामा सूचना संकलनका लागि भन्दा पनि अतिरिक्त कमाइका लागि जिल्लादेखि इलाका र चौकीका इन्चार्जले सादा पोशाकका प्रहरी परिचालन गर्ने गरेको पाइन्छ ।
काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर परिसर र बृत्तका इन्चार्जहरुले पनि घुमुवा खटाउने र ती घुमुवाको काम सूचना संकलन नभएर हाकिम र आफ्नो लागि अतिरिक्त कमाइ गर्ने भएको गुनासो ब्यापक छ ।

यसैक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई प्रहरीले लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा बिहीबार नियन्त्रणमा लिएको छ ।

बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका छन् । उनी पनि घुमुवा नै हुन् । बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।

बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका थिए । तामाङकी श्रीमतीकै जोडबलमा बिष्टलाई घुमुवाका रुपमा खटाइएको थियो ।

तामाङले खटाएका घुमुवा बिष्टको टोलीलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले पनि निरन्तरता दिएका थिए ।

बिष्ट लामो समयदेखि काठमाडौंमै घुमुवाका रुपमा कार्यरत छन् । यसअघि २०७७ असारमा काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा बिष्ट र अर्का प्रहरी बिक्रम चन्द पक्राउ परेका थिए ।

सहायक हवल्दार बिष्ट र चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका थिए ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु