प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (एमाले) २० हजार ३२९ मतसहित दोस्रो, नेपाली कांग्रेस १६ हजार ०६९ मतसहित तेस्रो र एमाले १४ हजार ०९२ मतसहित चौथो स्थानमा रहेको छ।
सल्यानमा कुल ८३ हजार ८२५ मत खसेकोमा ३ हजार ३३५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। २०७९ को निर्वाचनमा चौथो रहेको रास्वपा यसपटक पहिलो बनेको छ।





