सुर्खेतमा १३ वर्षीय बालक बेपत्ता, परिवारको गुहार—“देखे तुरुन्त खबर गरिदिनुहोस्”

२०८२ फाल्गुन २६, मंगलवार १७:३८

सुर्खेत। भेरीगंगा नगरपालिका–१२ रामघाटका १३ वर्षीय बालक गणेश रावत हराएका छन्।
परिवारका अनुसार गणेश रावत २०८२ फागुन २४ गते बिहान करिब ८ बजे “होस्टेल जान्छु” भन्दै घरबाट निस्किएका थिए। तर त्यसपछि उनी न त घर फर्किएका छन् न त होस्टेल पुगेको कुनै जानकारी आएको छ।
बालक हराएपछि परिवार र स्थानीय बासिन्दा मिलेर विभिन्न स्थानमा खोजी गरिरहेका छन् तर हालसम्म उनको कुनै पत्तो लागेको छैन।
यदि कसैले गणेश रावतलाई देख्नुभएको छ वा उनीबारे कुनै जानकारी भएमा ९८०५१७४८४० नम्बरमा तुरुन्त सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ। साथै नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी लाई पनि जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।
परिवारले बालकको सुरक्षित खोजीका लागि सबैमा सहयोग गर्न अपिल गरेको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु