रहस्यमय घटना: प्रहरी कार्यालयको छतबाट खसेर जवानको मृत्यु, छानबिन समिति गठन”

२०८२ फाल्गुन २६, मंगलवार १८:०५

कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुर परिसरमै एक प्रहरी जवान रहस्यमय अवस्थामा मृत फेला परेपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। सोही कार्यालयमा कार्यरत बझाङ घर भएका करिब ३० वर्षीय प्रहरी जवान सन्देश बहादुर चनारा गएराति कार्यालयको हाताभित्र मृत अवस्थामा भेटिएका हुन्।
प्रहरी स्रोतका अनुसार राति करिब ११ बजे अर्को सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक जानकारी अनुसार उनी कार्यालयको छतबाट खसेको हुनसक्ने आशंका गरिएको छ, तर घटनाको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन।
प्रहरी कार्यालयभित्रै यस्तो घटना भएपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरी जवान आफै कार्यरत कार्यालय परिसरमै कसरी यस्तो घटना भयो भन्ने विषय अहिले चर्चाको केन्द्र बनेको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी नायब उपरीक्षक तिमिल्सिना को संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ। समितिले घटनाको कारण, अवस्था र सम्भावित पक्षहरूबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
यस घटनाले प्रहरी संगठनभित्रै पनि चासो र चिन्ता बढाएको छ। छानबिनपछि मात्र जवान चनाराको मृत्यु दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।
हार्दिक श्रद्धाञ्जली। 🙏

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु