लागू औषधसहित १८ वर्षीय युवक पक्राउ

२०८१ आश्विन १०, बिहीबार १७:३३

नेपालगञ्ज, बाँके – सूर्यप्रसाद रिजाल : नेपालगञ्जको रुपैडिया नाकामा लागू औषध नियन्त्रण टोलीले हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय वीरेन्द्र देवकोटा लाई लागू औषधसहित पक्राउ गरेको छ। नेपाल–भारत सीमाको यात्रु शाखा नजिकै शंकास्पद लागेर गरिएको चेकजाँचका क्रममा देवकोटाको दाहिने खुट्टाको घुँडा मुनि लुकाइएको नाइट्रोजन र ट्रमाट्रस्ट नामक लागू औषध फेला परेको हो।

लागू औषध फेला परेपछि देवकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा लगिएको छ। स्रोतका अनुसार लागू औषध नियन्त्रण सम्बन्धी कानूनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले सीमामा हुने गैरकानूनी गतिविधिहरू रोक्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु