लागु औषधसहित नेपालगन्जबाट तीन जना पक्राउ

२०८१ आश्विन ११, शुक्रबार १५:२१

बाँके: प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको छ ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु