लागु औषधसहित नेपालगन्जबाट तीन जना पक्राउ

२०८१ आश्विन ११, शुक्रबार १५:२१

बाँके: प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु