जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले सेवाग्राहीको गुनासो सुनी, कानुनी सचेतना प्रदान

२०८१ आश्विन १४, सोमबार १२:४४

सूर्य प्रसाद रिजाल: जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासाहरूको प्रत्यक्ष रूपमा सुन्नुभएको छ। प्रहरी प्रमुख कार्कीले प्रहरी कार्यालयमा आयोजित एक विशेष समीक्षात्मक बैठकको आयोजना गरी सेवाग्राहीहरूको गुनासो सुन्नुका साथै, समाधानका उपायहरूबारे गम्भीर छलफल गर्नुभएको हो।

 

उहाँले सेवाग्राहीहरूलाई प्रहरी सेवामा आउने कुनै पनि समस्या, गुनासो वा अन्य कठिनाइहरूको समाधानको लागि सधैं प्रहरी कार्यालय उपलब्ध रहने कुरामा भरोसा दिलाउनुभयो। प्रहरी प्रमुखले कानुनी राज्यको सिद्धान्तको पालनामा जोड दिँदै, हरेक नागरिकले कानुनको पालना गर्नु अनिवार्य रहेको र यसले मात्रै समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति गराउने कुरा पनि व्यक्त गर्नुभयो।

 

प्रहरी प्रमुखले कानुनी चेतना बढाउन विशेष कार्यक्रमहरू संचालन गर्ने योजनासमेत सार्वजनिक गर्नुभयो। उहाँले भन्नुभयो, “कानुनको पालना गर्नु हाम्रो जिम्मेवारी हो। यदि हामी सबैले कानूनको सम्मान ग¥यौं भने समाजमा कुनै पनि समस्या उत्पन्न हुँदैन।”

 

समीक्षात्मक बैठकमा सहभागी सेवाग्राहीहरूले पनि आफ्ना गुनासाहरू राख्न पाएका थिए। सेवाग्राहीहरूले विशेष गरी, अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन र प्रहरी सेवासँग सम्बन्धित विभिन्न समस्याहरूबारे आफ्ना धारणा राखेका थिए। प्रहरी प्रमुखले ती गुनासाहरूलाई गम्भीरतापूर्वक लिइ, ती समस्या समाधानका लागि आवश्यक कदम चालिने आश्वासन दिनुभयो।

समय समयमा यस प्रकारका छलफल र समीक्षा कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने विश्वास लिएको छ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु