इन्टर मायामीका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनो टाटाले पदबाट राजीनामा दिए

२०८१ मंसिर ८, शनिबार ०९:४७

इन्टर मायामीका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनो टाटाले पदबाट राजीनामा दिएका छन् । मेजर लिग सकर क्लब मायामीले प्रशिक्षक मार्टिनो व्यक्तिगत कारणले जिम्मेवारी मुक्त भएको जानकारी दिएको हो ।

 

नोभेम्बरको सुरुवातमा मायामी एमएलएस क्लबको प्लेबाट बाहिरिएपछि उनीमाथि दबाब रहँदै आएको थियो । सन् २०२३ जुनमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका मार्टिनोले सम्झौता सकिन एक वर्ष बाँकी रहँदा नै पद छोड्ने निर्णय लिएका हुन् । बार्सिलोना र अर्जेन्टिनाका पूर्वप्रशिक्षक मार्टिनोले मायामीले जितेका दुई सुरुवाती उपाधिमा नेतृत्व गरेका थिए ।

 

मायामीले २०२३ मा लिग्स कप र २०२४ मा सपोटर्स सिल्ड जितेको थियो । मार्टिनोले विषेश क्लब र खेलाडीको नेतृत्व गर्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिए । लियोनल मेसीको कप्तानीमा रहेको मायामीले नियमित सिजन ३४ खेलमा कीर्तिमानी ७४ अंकका साथ शीर्ष स्थानमा टुङग्याएको थियो । तर प्ले अफको पहिलो चरणमा नवौँ स्थानको एटालान्टा युनाइटेडसँग स्तब्ध हुँदै बाहिरियो ।

 

एटालान्टाले २०१८ मा मार्टिनोकै प्रशिक्षणमा एमएलएस कप जितेको थियो । मायामीका व्यवस्थापकीय वनर जर्ज मासले केही दिनमै प्रशिक्षक नियुक्त गर्ने बताएका छन् । मायामीको प्रशिक्षकका लागि अर्जेन्टिनाका हाभिय मासेरानोको नाम अग्रस्थानमा छ । उनी मेसी र लुइस स्वारेजका पूर्वटिम मेट हुन् ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु