दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा

२०८१ मंसिर ९, आईतवार ०८:०४

दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा परेका छन् । किसानलाई पाँच महिनादेखि दुधको भुक्तानी गर्न नसकेको संस्थानले फेरि खरिदमै कोटा प्रणाली लागु गरेको हो ।

 

दुग्ध विकास संस्थानले आन्तरिक खपत कम भएको भन्दै कोटा प्रणालीमा रहेर किसानसँग दुध खरिद गर्न मातहतका कार्यालयहरुलाई आन्तरिक सर्कुलर गरेको हो । उत्पादन धेरै हुने समयमै कोटा प्रणाली लागु गरेर संस्थानले दुध खरिद नगरेको भन्दै किसान र वितरकले विरोध जनाएका छन् । बक्यौता भुक्तानीसमेत नदिएको संस्थानले फेरि कोटा प्रणाली लागु गरेर आफूहरुलाई थप समस्यामा पारेका उनीहरुको भनाइ छ ।

 

दुग्ध विकास संस्थानले भने आन्तरिक खपत कम भएका कारण भने जति दुध खरिद गर्न नसकेको बताएको छ । अहिले संस्थानसँग ५ सय २५ टन बटर र घ्यू मौज्दात छ । त्यस्तै ५ सय ५० टन धुलो दुध बिक्री भएको छैन । भण्डारण क्षमता नहुँदा बजारमा उपलब्ध रहेको सबै दुध उठाउन नसकेको संस्थानको भनाइ छ ।

 

तर कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले संस्थानसँग छलफल गरेर दुध खरिदको व्यवस्था मिलाउने जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्म दूध उत्पादन बढी हुने गरेको छ । संस्थानले ४६ जिल्लाबाट दैनिक १ लाख १० हजार लिटर दुध खरिद गर्ने गरेको छ । कुल उत्पादनको १५ प्रतिशत दुध मात्र संस्थानले खरिद गर्ने गरेको हो ।

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु