दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा

२०८१ मंसिर ९, आईतवार ०८:०४

दुग्ध विकास संस्थानले दुध खरिद गर्न कोटा प्रणाली लागु गरेपछि किसान समस्यामा परेका छन् । किसानलाई पाँच महिनादेखि दुधको भुक्तानी गर्न नसकेको संस्थानले फेरि खरिदमै कोटा प्रणाली लागु गरेको हो ।

 

दुग्ध विकास संस्थानले आन्तरिक खपत कम भएको भन्दै कोटा प्रणालीमा रहेर किसानसँग दुध खरिद गर्न मातहतका कार्यालयहरुलाई आन्तरिक सर्कुलर गरेको हो । उत्पादन धेरै हुने समयमै कोटा प्रणाली लागु गरेर संस्थानले दुध खरिद नगरेको भन्दै किसान र वितरकले विरोध जनाएका छन् । बक्यौता भुक्तानीसमेत नदिएको संस्थानले फेरि कोटा प्रणाली लागु गरेर आफूहरुलाई थप समस्यामा पारेका उनीहरुको भनाइ छ ।

 

दुग्ध विकास संस्थानले भने आन्तरिक खपत कम भएका कारण भने जति दुध खरिद गर्न नसकेको बताएको छ । अहिले संस्थानसँग ५ सय २५ टन बटर र घ्यू मौज्दात छ । त्यस्तै ५ सय ५० टन धुलो दुध बिक्री भएको छैन । भण्डारण क्षमता नहुँदा बजारमा उपलब्ध रहेको सबै दुध उठाउन नसकेको संस्थानको भनाइ छ ।

 

तर कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले संस्थानसँग छलफल गरेर दुध खरिदको व्यवस्था मिलाउने जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्म दूध उत्पादन बढी हुने गरेको छ । संस्थानले ४६ जिल्लाबाट दैनिक १ लाख १० हजार लिटर दुध खरिद गर्ने गरेको छ । कुल उत्पादनको १५ प्रतिशत दुध मात्र संस्थानले खरिद गर्ने गरेको हो ।

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु